काठमाडौं । चन्दनभर्राटेश्वर महादेव मन्दिरमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिले मंगलबार छैठौं दिनको आम्दानी हिसाब सार्वजनिक गरेको छ । समारोह समितिका अध्यक्ष विवेक ढकालले २०८१ भदौ २५ गते श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा १३ लाख ५१ हजार ४ सय २१ रुपैयाँ संकलन भएको जानकारी दिनुभएको हो ।

समितिले २०८१ भदौ २० गतेबाट सुरुभएको महायज्ञको पहिलो दिन उद्घाटन दिनदेखि आजको दिनसम्म ३४ लाख ८९ हजार ७ सय ९८ रुपैयाँ भक्तजनबाट संकलन भएको जानकारी दिएको छ । समितिका अध्यक्ष ढकालले खर्चको हिसाब महायज्ञ सम्पन्न भएपछि गरिने जानकारी दिनुभयो ।

समितिले महायज्ञबाट उठेको पैसाले चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा ज्येष्ठ नागरिकको भवन निर्माणको लागि जग्गा खरिद गर्नमा खर्च गर्ने भएको छ । महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म पूजा पाठ पारायण र ११ बजदेखि ४ बजेसम्म कथा वाचन भइरहेको छ । श्रीमद् महायज्ञ २८ गतेसम्म संचालन हुनेछ ।

महायज्ञको सातै दिन रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र संगीतमय भजन कीर्तन तथा विविध कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय