काठमाडौं । नैकाप फुटबल मैदानमा चन्द्रगिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता –२०८० सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रतियोगिताको उदघाटन गर्नु भएको हो । नगरका १५ वडा मध्य १४ वडाको सहभागिता रहेको प्रतियोगिताको उदघाटन खेलमा वडा नं ३ थानकोटको विजय सुरुवात गरेको छ ।वडा नम्वर १ लाइ १–० गोल अन्तरले पराजित गर्दै थानकोट विजयी भएको हो । वडा नम्वर ३ का लागि सुमन तामाङले १ गोल गरे ।प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् ।पहिलो खेल दिउसो साढे १२ बजे वडा नम्वर २ र वडा नम्वर १५ बिच प्रतिस्पर्धा हुने छ भने दोश्रो खेल वडा नम्वर ८ र वडा नम्वर ७ बिच दिउसो २ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय