चन्द्रागिरि नगरपालिका-३ मा पनि हाट बजार सञ्चालन हुने भएको छ । विभिन्न समय र स्थानमा हाट बजार सञ्चालन गर्दै आएको नगरपालीकाले वडा न ३ मा पनि हाट बजार सञ्चालन गर्ने भन्दै सूचना जारी गरेको छ ।

जारी गरिएको सूचनामा भनिएको छ वडा न ३को आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु,मौलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायी लगाएत अन्य व्यवसायीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी तथा विक्री वितरणको लागी शहरी हाट बजार मिति २०८० -०९ -१३ गते देखि विहान ९: ०० बाट साँझ ६:०० बजे सम्म थानकोट स्थीत ईमाखेल प्राईम बैंक अगाडी सञ्चालनग गरिने जानकारी गराईएको छ ।

चन्द्रागिरि नगरपालीकाले स्थानीय उत्पादनको विक्रि वितरण र प्रर्वधनकालागी समय समयमा हाट बजार सञ्चालन गर्दै आएको छ । नगरपालीकाले यसरी सञ्चालन गर्दै आएको हाटबजारबाट स्थानीयहरु लाभान्वीत समेत हुदै आएको बताएका छन भने हाटबजार सञ्चालनले स्थानीय व्यापारी व्यवसायी समेत सुखी हुदै आएको छन् । नगरपालीकाले हाल वडा न.२मा हाट बजार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय