चन्द्रग्रहणको अवसरमा काठमाडौँको भीमसेनस्थानमा लिङ्गो उत्थान गरिएको छ । करिब २० वर्षअघि देखि रोकिएको लिङ्गो उत्थान कार्यक्रम यसपटकबाट पुनः शुरु गरिएको हो ।भीमसेनस्थान गुठीले चन्द्रग्रहणको अवसरमा लिङ्ग उत्थान कार्यक्रम गर्दै आएको थियो । तर गुठीभित्रको आन्तरिक समस्याका कारण लिङ्गा उठाउने कार्य २० वर्षदेखि हुन सकेको थिएन । यस पटक भने लुकेको यो संस्कृतिलाई पुनः थालनी गरिएको छ । शनिवार बिहान ८ बजेर ५८ मिनेटको शुभसाइतमा भीमसेनस्थानमा गुर्जु पल्टन र जीवित देवता भैरवको उपस्थितिमा लिङ्गो उठाउने कार्य संस्कृति संरक्षण समाजका महिलाहरुले गरेका छन् ।

नेवार र नेपाली संस्कृति लोप हुन नदिने र जोगाउने उद्देश्यले चन्द्रग्रहणको अवसरमा पुनः लिङ्गो उठाउन शुरु गरिएको संस्कृति संरक्षण समाजले जनाएको छ ।महिला सशक्तिकरण र महिलाले पनि सांस्कृतिक कार्यमा सहभागी हुन सक्छन् भन्ने सन्देशसहित लिङ्गो उत्थान कार्यक्रम पुनः शुरु गरिएको हो । महिलाहरू पनि सांस्कृतिक संरक्षणको पक्षमा उभिनुपर्छ भन्ने मान्यताका साथ लिङ्गो उठाउने काम संस्कृति संरक्षण समाजका महिलाहरूले गरेका छन् ।

भीमसेनस्थानमा ठड्याइएको लिङ्गो १ महिनापछि मात्र बाहिर निकालिन्छ । लोप हुन लागेको यो नेवारी परम्परा र संस्कृतिलाई करिब २० वर्षपछि पुनः शुरुवात गरेर संस्कृति संरक्षण गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय