काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाँडपर्व नजिकिएसँगै नगरभित्र रहेको मिठाई पसल र होटलमा नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको हो । नगरउपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक बसन्ती श्रेष्ठको संयोजकत्वमा बजार अनुगमन गरिएको थियो । ढुंगेअड्डा देखि चेकपोष्टसम्मको मिठाई पसल, होटलहरुमा गरिएको अनुगमनमा सबै पसलमा अखाध्य बस्तु भेटिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, नेपाल प्रहरी, चन्द्रागिरि नगर उद्योग बाणिज्य संघ, नागरिक न्याय उपभोक्ता मञ्च, चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाका कर्मचारीहरुको रोहवरमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा भेटिएका अखाध्य बस्तुलाई नष्ट गरिनुका साथै अर्को पटक आउँदा पुनः यस्ता गल्ती भेटिए कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

बजार अनुगमनको क्रममा अधिकांश पसलमा मिठाई बासी, सढेगलेको, मिठाईमा किरा–झिंगा डुबेर मरेको, मिठाईमा रंग प्रयोग भएको, पकाउने ठाउँ फोहोरलगायतका दृष्य देखिन्थ्यो । हामी मिठाई खान्छौ र खुवाउँछौं कतै त्यही मिठाई तपाई हाम्रो विष त बनेको छैन ? होसियार मिठाई बजारबाट लिनुभन्दा अघि पकाउने ठाउँ र राखेको स्थान अवश्य हेर्नुहोला । जस्तो पायो त्यस्तो ठाउँमा मिठाई किनेर खाँदा आफ्नो अमूल्य सम्पत्ति गुमाउनु पर्ला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय