काठमाडौं । चन्द्रागिरि नगरपालिकाका जनप्रतिधिहरु यतिखेर आफुलाई महाराजा र महारानी जस्तो ठान्ने गरेका छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य अनिता अमात्य श्रेष्ठको दादागिरी यतिबेला चरम उत्कर्षमा पुगेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य अनिता अमात्यले आफ्नो हैसियत विर्सिएकी छिन् । एउटा वडा सदस्य हुँदा त यस्तो घमण्ड छ यिनमा भने वडा सदस्य भन्दा माथि पदमा भएको भए यो नगरपालिकाको र नगरबासीको के दुर्दशा हुन्थ्यो होला ? वडा सदस्य अनिता अमात्य श्रेष्ठ आफु के हो ? को हो ? भन्नेसम्म पनि होस् छैन । आफु कुन पदमा छु भन्ने नै थाहै छैन । वडा सदस्यसम्म सम्हाल्न नसक्ने अमात्य चन्द्रागिरि नगरपालिकाको जनताको भविष्य कोर्ने ठाउँमा छिन् । यस्ता व्यक्ति नगरपालिकाको कार्यपालिका समितिमा हुनु भनेको नगर र नगरबासीको लागि दुर्भाग्य हो । एउटा नगरबासीको इज्जत गर्न नजान्ने व्यक्ति वडा सदस्य हुनु र चन्द्रागिरि नगरपालिकाको कार्यपालिका सदस्य जस्तो गरिमामय पदमा हुनु यो जतिको वडा र नगरबासीको लागि दुर्भाग्य बाहेक अरु के हुन सक्छ ? अमात्यले आफ्नो घरमा आउनेहरुलाई सधै दुर्व्यवहार गर्ने गरेको विषय अहिले बाहिर छताछुल्ल भएको छ । उनले घर भाडामा लगाएर भाडा असुल्ने तर तिनै व्यक्तिहरुको आफन्त आउँदा वा अन्य व्यक्ति आउँदा सधै दुर्व्यवहार गर्ने गरेको विषय बाहिरिएको छ । उनले भाडा असुल्नकै लागि भनि पाँच वटा सटर बनाएकी छिन् । पाँच वटै सटरमा पसल संचालनमा छ । वडा सदस्य अमात्यले घर भाडामा दिएर मोटो रकम त असुल्ने गर्छिन् तर, पसलमा आउने ग्राहक र उनीहरुको आफन्तलाई सधै दुर्व्यवहार गर्न भने पछि पर्दिनन् । घर भाडामा दिएपछि अमात्यलाई त्यतिपनि ज्ञान रहेनछ शौचालय दिनुपर्छ भनि । सायद अमात्यलाई लागेको छ कि मैले कोठा मात्र भाडामा दिएको शौचालय भने होइन । त्यही भएर होला उनले आफ्नो घरमा भाडामा बसेकाहरुको आफन्त आउँदा होस् या पसलका ग्राहक आउँदा उनीहरुलाई सधै शौचालय प्रयोग नगर्न भन्दै धम्क्याउँदै आउने गरेको अहिले चर्चाको विषय बनेको छ ।



घर भाडामा दिएर पैसा असुल गर्ने तर, शौचालय प्रयोग गर्यो भन्दै गाली, बेइजती मात्रै होइन हातै हाल्ने पनि गर्छिन् । यिनको यस्तै चरित्रले कोठामा बस्नेमात्र नभई वरपरको घरका व्यक्तिहरु पनि आजित भइसकेका छन् । वडा सदस्यसम्म पनि हुन लायक नभएको व्यक्तिलाई चुनेर आफुहरुले गलत गरेको वडाबासी बताउँछन् । उनीहरु भन्छन्, वडामा त चुनियो तर, नगर र नगरबासीको भविष्य कोर्ने ठाउँ नगर कार्यपालिकामा अमात्य जस्तो गलत प्रवृद्धिका व्यक्ति हुनु नगरबासीको लागि राम्रो संकेत नभएको बताउँछन् । अमात्यको यस्तो सानो सोचले वडा र नगरको मुहार फेरिन्छ त भन्नेमा गम्भीर प्रश्न उब्जिएको छ ? जुन जनप्रतिनिधि औंठाछाप छन् त्यस्ता जनप्रतिनिधिबाट वडा र नगरबासीले के अपेक्षा राख्ने । त्यसैले नगरपालिकामा यस्ता जनप्रतिनिधि हुँदासम्म नगरको प्रगतिको बाटोमा सधै तगारो नबन्ला भन्न सकिदैन । भनिन्छ हात्तिको देखाउने दाँत एउटा हुन्छ, चपाउने अर्को, अमात्यको पनि यस्तै प्रवृत्ति र स्वभाव बाहिरिएको छ । घरबाट बाहिर निस्कदा एउटा व्यवहार, घर भित्र पस्दा अर्को व्यवहार । उनको यस्तै द्वेध गलत प्रवृत्ति र स्वभावले पक्कै पनि वडा र नगरबासीको हित हुन सक्दैन । यदि वडा सदस्य अनिता अमात्य श्रेष्ठसँग अलिकति पनि नैतिकता र इमान्दारिता छ भने वडा सदस्य पदबाटै राजीनामा दिनुपर्छ । होइन भने यिनलाई नेपाली कांग्रेसबाट निर्वाचित मेयर घनश्याम गिरीले कांग्रेसबाटै निर्वाचित वडा नम्बर ११ का वडा सदस्य अनिता अमात्य श्रेष्ठलाई नगर कार्यपालिकाको सदस्यबाट हटाउन सक्नुपर्छ । अन्यथा काले काले मिलेर खाउ भाले भन्ने उखान चन्द्रागिरि नगरपालिका भित्र बास्तविकतामा परिणत हुने देखिन्छ । यस्ता सोच र गलत प्रवृत्ति भएका व्यक्ति नगर कार्यपालिकामा रहने हो भने नगर र नगरबासीको उज्ज्वल भविष्यमाथि नै ग्रहण लाग्ने निश्चित छ । त्यसैले बेलैमा सबैले विचार पुर्याउन जरुरी छ । अमात्य र अमात्यजस्ता गलत सोच भएका व्यक्तिमाथी हाम्रो नजर र खबरदारी हरपल हुनेछ । हामी नगर र नगरबासीको भविष्यमाथी कदापी खेलबाड हुन दिने छैनौ ।



