काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १२औं नगरसभाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक २०८० सर्वसम्मतले पारित गरेसँगै नगर क्षेत्रमा रहेका उपभोक्ता समितिहरु आक्रोशित भएका छन् । विधेयकमा नगर क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिलाई निष्क्रिय पारी चलअचल सम्पत्तीलाई नियन्त्रणमा लिने उल्लेख भएसँगै उपभोक्ता समिति आक्रोशित भएका हुन् ।

नगर क्षेत्रमा रहेका करिव तीन दर्जन उपभोक्ता समितिले आज विधेयकको विरोधमा -याली निकाल्ने भएका छन् । चन्द्रागिरि नगरस्तरीय एकीकृत खानेपानी समन्वय समितिको आयोजनामा विरोध -याली निकाल्न लागिएको हो । विभिन्न स्थानबाट निकालिने -याली दूरसञ्चार अगाडि भेला भई नगरपालिका गई विरोध पत्र बुझाउने कार्यक्रम रहेको समन्वय समितिका संयोजक पुरुषोत्तम  उदासले जानकारी दिनुभयो । उदासले सोही कार्यक्रममार्फत उपभोक्त समितिका सदस्यहरुलाई नगरपालिकाले कसरी खानेपानी क्षेत्रमा हस्तक्षेप गर्दैछ र त्यसको असरबारे जानकारी गराउने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय