काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रहेको मंगलोदय बहुमुखी क्याम्पसले आफ्नो ३५औं स्थापना दिवस शुक्रबार मनाउँदै छ ।काठमाडौंको पश्चिम भेगकै पहिलो सामुदायिक क्याम्पस २०४५ सालमा स्थापना भएको हो । स्थापनाकालमा प्रविणता प्रमाणपत्र तहमा मानविकी र व्यवस्थापन संकाय पढाइ सुरु गरेको क्याम्पसले अहिले कक्षा ११ र १२, बीए, बीबीएस हुँदै २०७८ सालदेखि मास्टर डिग्री (एमबीएस)सम्मको अध्यापन गराई रहेको छ । क्याम्पसले पढाइसँगसँगै समय समयमा अतिरिक्त क्रियाकलाप खेलकुद, साहित्यिक गोष्ठी, अन्तरक्रिया, आन्तरिक परीक्षा, शैक्षिक भ्रमणलगायतका गतिविधि गर्दै आएको छ ।

विपन्न विद्यार्थीका लागि क्याम्पसले योग्यता, दुरदराजबाट आएका तथा दलित वर्गका लागि विशेष छात्राबृत्ति पनि प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा क्याम्पसले यस वर्षको छात्राबृत्तिको समेत घोषणा गर्दैछ । हाल क्याम्पसमा विभिन्न तह र विभिन्न संकायमा ५ सय २५ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय