काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्र भित्रका इतिहास, संस्कृति, सम्पदा र पर्यटनको विषयमा एक दिने अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।

‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ को नारासहित चन्द्रागिरि नगरपालिकाले एक दिने अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो । नगरभित्र रहेका इतिहास, संस्कृति, सम्पदाको खोजी गर्ने र भएका सम्पदाहरुको प्रचार गरी पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रवक्ता कृष्ण प्रसाद शाहीले बताउनु भयो । उहाँले अबका दिनमा नगरपालिकाले पुरातत्व केन्द्रीय विभागसँग सहकार्य गरी अघि बढ्दै जाने पनि उल्लेख गर्नुभयो । उहाँले नगरभित्र रहेका सम्पदाको प्रचारप्रशारबाट आन्तरिक तथा वाह्य पर्यटन भित्रिदा नगरबासीको आम्दानीको स्रोत बढ्ने र नगरको परिचय देशविदेशसम्म फैलिने पनि विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्क्रिया शुक्रबार चन्द्रागिरि हिल्समा हुनेछ । अन्तर्क्रियामा पुरातत्व केन्द्रीय विभागबाट आएका व्यक्ति र इतिहासविद्हरुले कार्यपत्र बनाई नगरभित्र रहेका इतिहास, संस्कृति र सम्पदाको खोजी गर्ने पनि शाही बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय