काठमाडौं । बाला चतुर्दशीको पूर्वसन्ध्यामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा आज महादीपदान गरिँदैछ ।

पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको छ । त्रयोदशी अर्थात् आज साँझ श्रद्धालुहरु दीप बालेर रातभर जाग्राम बस्ने र बिहान स्नान गरी मन्दिर क्षेत्रमा शतबीच छर्ने गर्छन् । शतबीज छर्नाले पितृको मुक्ति हुने जनविश्वास छ । शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ ।

विभिन्न ठाउँबाट आएका श्रद्धालु दीप कुर्ने क्रममा राति भजनकीर्तन गरी रात बिताउने गर्दछन् । चन्दन भराटेश्वर महादेव मन्दिरमा बस्ने ठाउँ, दीप प्रज्ज्वलन, भजनकीर्तन, पूजापाठलगायतको  व्यवस्था अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । देशैभरका अधिकांश शिवालय मन्दिरमा आज जाग्राम बसी भोलि शतबीज छर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय