काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दनभर्राटेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु हुँदैछ ।आज विहान ९ बजे मन्दिर परिसरबाट कलश यात्रा सुरु गरी मातातीर्थबाट ल्याएको पानी मन्दिरमा चढाई महायज्ञ सुरु हुने छ । दिउँसो १ बजे नगरप्रमुख घनश्याम गिरीले महायज्ञको औपचारिक रुपमा उद्घाटन गर्नुभएपछि महायज्ञ सुरु हुने मुल समारोह समितिका अध्यक्ष विवेक ढकालले जानकारी दिनुभएको छ ।

भाद्र २० गतेदेखि २८ गतेसम्म हुने महायज्ञमा आचार्य पण्डित गोविन्द दाहाल कथा वाचक रहेका छन् । महायज्ञको प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म पूजा पाठ पारायण र ११ बजदेखि ४ बजेसम्म कथा वाचन हुने छ । साथै महायज्ञको सातै दिन रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र संगीतमय भजन कीर्तन तथा विविध कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय