काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित त्रिवेणी खोलामा पुल निर्माण गरिएको छ । नगरको १, ३ र ७ नं. वडा जोड्ने खोलामा पुल नहँुदा स्थानीय र पैदलयात्रुले सास्ती खेप्नु परेपछि वडा नं. ७ का कार्यबाहक अध्यक्ष भुवन केसीसहित सदस्यहरु उमा थापा, रामशरण महत र पूर्णकुमारी बयलकोटीको प्रयासमा उक्त स्थानमा पुल निर्माण गरिएको हो ।

पुल नहुँदा स्थानीय र सडक प्रयोगकर्ताको गुनासो तीब्ररुपमा आएपछि आफ्नो पहलमा त्यस स्थानमा अस्थायी पुल निर्माण गरेको वडा नं. ७ का का.बा. अध्यक्ष केसीले जानकारी दिनुभयो । पक्की पुल समय आएपछि बन्ला तर तत्कालिन अवस्थामा सर्वसाधारणलाई हिडडुल तथा आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी पुल निर्माण गरिएको केसीको दाबी छ । केही समयअघि आवतजावतका लागि फलामको अस्थायी पुल राखिए पनि पुलका सामग्री चोरी भएसँगै पुल बीचभागमै भाँचिएपछि समस्या आएको थियो । भाँचिएकै पुलबाट पनि सर्वसाधारण ओहोरदोहोर गर्न बाध्य थिए । तर, त्यस्तो पुलबाट आवत–जावत गर्दा दुर्घटनालाई मध्यनजर गर्दै उक्त स्थानमा वडा नम्बर ७ को एकल पहलमा ह्युम पाइप राखेर पुल बनाइएको हो ।

राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सर्भिस रोडसँगै जोडिएको त्रिवेणी पुल बनाउने विषयमा विवाद आएपछि निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय