काठमाडौं । लगातारको वर्षाले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को बाणभञ्ज्याङ र मसिनेमा ठूलो क्षति भएको छ ।

अविलर वर्षासँगै आएको लेदो बाढीपहिरोले थानकोट नागढुंगा सडक देखि भित्री सडकसम्म आवतजावत गर्न कठिनाई भएको छ । काठमाडौं भित्रने र बाहिरिने मुख्य सडकमा पहिरो खसेपछि लामो तथा छोटो दुरीका यातायात संचालन हुन सकेको छैन । छोटो दुरी अर्थात लोकल सवारी साधनलाई पनि चेकपोष्ट चोकबाट थानकोट जानलाई रोक लगाएको छ ।

बाढी र पहिरोले चन्द्रागिरि नगरपालिकाको दुई नम्बर वडा नराम्रोसँग प्रभावित हुन पुगेको छ । केही घर पहिरोको उच्च जोखिममा रहेको छ । प्रायः डाँडा भासिने अवस्थामा छ भने पहिरोले घर पुरिदा मसिनेमा दुई जनाले ज्यान पनि गुमाएका छन् । घाइतेहरुको उपचार सतुंगलस्थित एपिएफ अस्पतालमा भइरहेको छ भने केहीको चन्द्रागिरि नगरअस्पताल थानकोटमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय