काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बाणभञ्ज्यामा यात्रुबस चेकजाँचको क्रममा एक जना पक्राउ परेका छन् ।

बा.प्र ००१–००६ ख ४७९६ नम्बरको मेट्रो एसी काठमाडौं लेखिएको यात्रुबसमा चेकजाँचको क्रममा मंगलबार विहान साढे १० बजे एक जना ब्राउन सुगरसहित पक्राउ परेका हुन् । धादिङ गल्छी गाउँ पालिका ७ हाल ठूलो भर्याङ बस्दै आएका २८ वर्षीय कुमार थापा रहेको प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले थापाको साथबाट ३० ग्राम ब्राउन सुगर र एक थान मोवाइल बरामद भएको पनि बताउनु भयो । प्रहरी निरीक्षक थपलियाले सोधपुछको क्रममा थापाले काँकडभिट्टा भन्सार गेट नजिकै रतन भाई भन्ने व्यक्तिसँग खरिद गरी ल्याएको खुलेको बताउनु भयो ।

उहाँले थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय