काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा एक युवक झुण्डिएको अवस्थामा भेटिएक छन् ।
मातातीर्थ धारापानी सामुदायिक वनमा अन्दाजी ३५ देखि ४० वर्षका युवा झुण्डिएको अवस्थामा भेटिएका हुन् । सशस्त्र प्रहरीको व्यारेकमाथीको जंगलमा युवा मृत भेटिएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । अहिले घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।



घटनाको थप विवरण आउन बाँकी छ ।



