काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित बनदेवि जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा अक्षय कोष स्थापना गरिएको छ । समाजसेवी गोविन्द कार्कीले ५० हजार २ सय रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
जेष्ठ नागरिकहरूको दैनिक हेरचाह, स्वास्थ्य सेवा तथा सामाजिक क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले उक्त कोष स्थापना गरिएको बताइएको छ । कोषबाट प्राप्त हुने ब्याज रकम जेष्ठ नागरिकहरूको सेवा, उपचार सहयोग तथा केन्द्र सञ्चालनमा उपयोग गरिने बताइएको छ ।



कोष स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले जेष्ठ नागरिकप्रति सम्मान र सेवा भाव बढाउन यस्ता पहलले महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरेका थिए ।
केन्द्रका पदाधिकारीहरूले समाजसेवी कार्कीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जेष्ठ नागरिकको हितका लागि सहकार्य जारी रहने बताएका छन् । कार्कीले अन्य सेवाभाव राख्नेहरुले जेष्ठ नागरिकलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्कीले वनदेवी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई आजको खाजाको व्यवस्था पनि गरेका थिए ।




