काठमाडौं । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ चन्द्रागिरि नगर कमिटी क्रान्तिकारीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीमा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर, जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।




विहान १० बजेदेखि सुरुभएको कार्यक्रम दिउँसो २ बजेसम्म संचालन भएको थियो । जसमा १२ महिला २६ पुरुषले रक्तदान गरेका थिए ।



