काठमाडौं । चन्द्रागिरि साहित्य समाजको आयोजना तथा चन्द्रागिरि नगर सामुदायिक विद्यालयको सह–आयोजनामा ‘अग्रज स्रष्टा सम्मान–२०८२’ तथा नगरस्तरीय अन्तरविद्यालय कविता लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा नगर क्षेत्रका साहित्यप्रेमी, शिक्षक–विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख आकर्षणका रूपमा चन्द्रागिरि क्षेत्रका अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

यसवर्ष सम्मानित हुनेहरूमा साहित्यकारहरू तेजप्रकाश श्रेष्ठ, भुवनहरि सिग्देल, मुकुन्द आचार्य, सङ्गीतकार धनबहादुर गोपाली तथा साहित्यकार लक्ष्मी माली रहेका छन् । उनीहरूको साहित्य, सङ्गीत तथा समाजसेवामा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूबीच सञ्चालन गरिएको कविता लेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र तथा ट्रफीसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताले विद्यार्थीहरूमा सृजनात्मकता अभिवृद्धि गर्न र नेपाली साहित्यप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय