काठमाडौं । चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को संयोजनमा चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता समितिको आयोजनामा वार्डकप फुटबल प्रतियोगिता हुन लागेको हो । समितिका अध्यक्ष नेशन महर्जनले चन्द्रागिरि नगरपालिकामा विभिन्न समयमा फुटबल प्रतियोगिता हुने गरेको र त्यस्ता प्रतियोगितामा नगरका खेलाडी नभई बाहिरि खेलाडी ल्याई खेलाउने गरेकोले यो प्रतियोगितामा बाहिरि खेलाडीलाई पूर्णनिषेध गरिएको बताउनु भयो । उहाँले बाहिरबाट खेलाडी ल्याई खेल खेलाउँदा लाखौं रुपैयाँ सकिए पनि प्रतियोगिता प्रतियोगितामा मात्र सिमित हुँदै गएको उल्लेख गर्नुभयो । अध्यक्ष महर्जनले चन्द्रागिरि नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्दै आएका १५ वटै वडाका स्थानीय खेलाडीले मात्र वार्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने र यही खेलको आधारमा उत्कृष्ठ १५ वटै वडाका खेलाडीलाई चन्द्रागिरि नगरस्तरीय टिम छनोट गरिने पनि बताउनु भयो । उहाँले अन्यत्रबाट आई चन्द्रागिरिमा बसोबास गरेका खेलाडीको हकमा भने बसाई सराईको प्रमाणपत्र अनिवार्य भएको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २ लाखसहित ट्रफी, दोस्रो हुनेलाई १ लाखसहित ट्रफी प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई १०–१० हजार रुपैयाँले पुरस्कृत गरिने छ ।

प्रतियोगिता २०८० मंसिर ८ गतेदेखि १६ गतेसम्म नैकाप फुटबल मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय