काठमाडौं । चन्द्रागिरि क्रिकेट एशोसिएसन नेपालले आयोजना गरेको क्रिकेट खेल आजबाट सुरु हुँदैछ ।

चन्द्रागिरि नगरपालिकाको इतिहासमै पहिलो पटक हुन लागेको क्रिकेट खेलको उद्घाटन खेलमा आयोजक थानकोट वारियर्स र हाम्रो क्रिकेट टीमबीच प्रतिस्पर्धा हुनेछ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६स्थित मदन भण्डारी क्रिकेट खेल मैदानमा हुने खेलमा १२ टीमको सहभागिता रहेको छ । खेल विहान ९ बजेदेखि सुरु हुनेछ । सम्पूर्ण खेल नकआउट चरणमा खेलाईने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम, हाम्रो क्रिकेट, काठमाडौं वारियर्स, दहचोक–१, नैकाप किंङ्स, स्टम्प जम्पर्स, रोयल रेन्जरस, थानकोट वारियर्स, मैत्रीनगर क्रिकेट क्लव, पुष्पलाल स्पोटर्स क्लव, थानकोट क्लव र उडान शैक्षिक केन्द्रले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पहिलो हुने टीमलाई ४० हजार नगद, दोस्रो हुने टीमलाई २० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेस्ट व्याट्स म्यान, वेस्ट बलर, फेयर प्ले अवार्ड र ईमर्जिङग प्लेयरबाट पनि सम्मानित गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय