काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ अन्तर्गतका क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा क्षेत्र नं. १० का प्रत्यक्षतर्फका उम्मेदवार हिमाल कार्की सहभागी हुनेछन् ।

आयोजकका अनुसार भोलि २०८२ साल फागुन ०३ गते बिहान ६ः०० बजे ग्रीनल्यान्ड ब्याङक्वेट, चेकपोष्टमा कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रममार्फत स्थानीय मतदाता, पार्टी कार्यकर्ता तथा शुभेच्छुकसँग उम्मेदवारले प्रत्यक्ष संवाद गर्ने, आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्ने र स्थानीय समस्याबारे सुझाव संकलन गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रमलाई चुनाव प्रचार–प्रसार समितिले संयोजन गरेको छ । आयोजकले वडा नं. ५, ६ र ७ का सम्पूर्ण मतदाता, कार्यकर्ता तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई उम्मेदवारसँग प्रत्यक्ष संवाद गरी आफ्ना जिज्ञासा राख्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले यस कार्यक्रमलाई आगामी निर्वाचन लक्षित जनसम्पर्क विस्तार अभियानको एक चरणको रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय