काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नेपाल सम्वतको अवसरमा बृहत कार्यक्रमको आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल बोसिगाउँ बुद्धचोकमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिले आयोजना गरेको न्हूदँ कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जन, जनप्रतिनिधिहरू, विभिन्न गुठीका अगुवाहरू, विभिन्न बाजा समुहका प्रतिनिधिहरू लगायत हजारौं नगरबासीको उपस्थिति रहेको थियो । नेवार समुदायले आफ्नो संस्कृति झल्कने सांस्कृतिक पहिरनसहित र्यालीमा सहभागी जनाएको थिए । र्याली नगरका सबै वडा परिक्रमा गरी बोसीगाउँमै पुगेर समापन हुनेछ । र्याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, चन्द्रागिरि नगर प्रहरी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरू खटिएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवत् ११४५ आज देशैभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय