https://fb.watch/p95-HM8_pp/

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पैदल यात्रा अर्थात् हाइकिङ हुने भएको छ ।

स्वस्थ मुस्कानको लागि पैदल यात्रा–२०८० नाम दिइएको हाइकिङ चन्द्रागिरि हाइकर्स कम्युनिटीले गर्न लागेको हो । आउँदो पुस १४ गते शनिबार विहान ७ बजेदेखि पैदल यात्रा सुरु हुने आयोजक कम्युनिटीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । घट्टेडाँडाको टनेल रेष्टुरेन्टबाट सुरु भई मयलपानी, तीनपोखरी, विन्धवासीनी मन्दिरलगायतको रुट बनाइ इन्द्रस्थानमा पुगि समापन हुनेछ । लगभग १५ किलोमिटरको पैदल यात्रामा सहभागिताका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिने आयोजकले जनाएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–४ का वडा अध्यक्ष कृष्णप्रसाद शाही, वडा–१ का वडा अध्यक्ष हरिश्याम रानामगर, हाइकर्स कम्युनिटीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय