काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा शहरी हाट बजार लाग्ने भएको छ ।

वडा नम्बर–२ स्थित नागढुंगा चोकमा पुष ११ गते विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म हाटबजार लाग्ने भएको हो । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी र मौलिक सीपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीले उत्पादन गरेको बस्तुहरु हाट बजारमा प्रदर्शन तथा बिक्री बितरणका लागि राखिने नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

शाखाले हाट बजार अवलोकनका लागि उपस्थित भई दिन सम्पूर्ण नगरबासीलाई आग्रह समेत गरेको छ ।

वडा नम्बर २ का अध्यक्ष भाईकृष्ण तामाङले हाटबजारको तयारी तीब्ररुपमा भैरहेको जानकारी दिनुभयो । साथै उहाँले हाट बजार सफल बनाउन सम्पूर्ण नगरबासीको सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

यसअघि चन्द्रागिरि नगरपालिका कार्यालय प्राङ्गणमै मंसिर २७ र २८ गते दुई दिने शहरी हाटबजार आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय