काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेका औषधीय जडिबुटी एबम् सुगन्धित वनस्पतिहरुको बैज्ञानिक अध्ययन तथा लगत संकलन कार्य सम्पन्न भएको छ ।
झण्डै दुई महिनालगाएर गरिएको अध्ययनमा जडिबुटीहरुको भौगोलिक अवस्थितिलाई प्लटिङ गरेर समापन गरिएको हो । सम्भावना बोकेका एक सय जडिबुटी, खेतीयोग्य ६० प्रकारका जडिबुटी र प्रमुख १० जडिबुटी तथा तुरुन्तै प्रशोधन गरेर बजारमा लान सकिने ५ प्रकारका जडिबुटी गरेर ४ तहमा बिभाजन गर्ने कार्य पनि सम्पन्न भएको छ ।
यस अध्ययनको नेतृत्व बैज्ञानिक डा. नबिन जोशीलाई नगरपालिकाको तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । लामो समयदेखि चन्द्रागिरि नगरपालिकामा आयुर्वेदको अनुसन्धान केन्द्र स्थापना गर्न सपना बोकेका नगरप्रमुख घनश्याम गिरी, अध्ययनमा लगातार प्रोत्सहन गर्ने प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल तथा सम्पूर्ण जनप्रतिनिधिलाई पनि धन्यवाद ज्ञापन गरिएको छ । नगरपालिकाले अध्ययन सम्पूर्ण विधि र प्रक्रिया पुरा गरेर समापन गरिएकाले स्वास्थ्य मन्त्रालय, आयुर्वेद बिभागलाई पनि सहयोगी बन्न सकिने जानकारी समेत गराइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय