काठमाडौं । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ चन्द्रागिरि नगरपालिकामा महिला भलिबल प्रशिक्षण हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकामा बसोबास गर्दै आएका १० देखि २० वर्ष उमेर समूहका महिलालाई भलिबल प्रशिक्षण दिन लागिएको हो । नेपालको राष्ट्रिय अण्डर–२० राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राई र राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले प्रशिक्षण दिनेछन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटमा रहेको थानकोट कभर्ड हलमा यही साउन २५ गते शुक्रबार देखि प्रशिक्षण सुरु हुन लागेको हो । प्रशिक्षणमा सहभागी हुन यही साउन २४ गते बिहीबारसम्ममा नाम दर्ता गराईसक्नु पर्नेछ ।



प्रशिक्षण साँझ साढे ५ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ ।



