काठमाडौं — चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार बिहान बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा।प्र।०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३४ वर्षीय रोशन ढकाल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि शहीद मेमोरियल अस्पताल लगिएको भए पनि अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ।

स्कुटरमा सवार दुई जना पनि घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको परिचय हालसम्म खुलाइएको छैन। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय