काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रमाइलो घरको उद्घाटन भएको छ । वडा नं. ७ का कार्यबाहक अध्यक्ष भुवन केसीले आज एक कार्यक्रमकाबीच रमाइलो घरको उद्घाटन गर्नुभएको हो ।१२ वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै रमाइलो घर संचालनमा ल्याइएको संचालक सजिना केसीले जानकारी दिनुभयो । १५ लाख रुपैयाँ लागतमा सुरु गरिएको रमाइलो घरमा बालबालिकाका लागि प्ले ग्राउण्ड, मोटरसाइकल, स्कुटर, कार, जीप लगायतका सामग्री राखिएका छन् ।

संचालक केसीले बालबालिकाको लागि मनोरञ्जनका सामान आवश्यक परेमा रमाइलो घरलाई सम्झन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय