https://www.youtube.com/watch?v=hMDY25IPCvY&list=UULFBCX8qXEiRTQH-xJ4DXIryQ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा खुला सभा आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिकाको नैकापस्थित फुटबल मैदानमा आयोजित सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले अन्य दलहरुलाई मिसन ८४ होइन मिसन ८० गर्न चुनौती दिए । उनले अब आफू छिट्टै जनतामाझ मिसन ८० लिएर जाने खुलासा समेत गरे ।

सम्बोधनकै क्रममा सभापति लामिछानेले आफू सुशासनयुक्त अभियानमा लागेको तर अन्य दलहरुले सुशासनलाई राजनीति मात्र बनाएको आरोप लगाए । उनले ८४ को निर्वाचनमा प्रवासमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउनुपर्ने आवाज उठाइरहेको तर आफू अल्पमतमा रहेका कारण दलहरुले यो किसिमको व्यवस्था गर्छन् भन्नेमा आफूलाई विश्वास नरहेको समेत स्पष्ट पारे ।

लामिछानेले देशबाट भ्रष्टाचार सफाइ हुनुपर्नेमा भ्रष्टाचारीले कारागारबाट सफाइ पाइरहेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय