काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पौष १४ गते हुने पैदल यात्रा अर्थात् हाइकिङमा सहभागी हुन चाहानेले E-SEWA मार्फत टिकट लिन सक्ने भएका छन् ।

E-SEWA मा गई Voting & Events  मा गएर CHC’s Hike to Indrasthan  मा click गरि टिकट काट्ने व्यवस्था मिलाइएको चन्द्रागिरि हाइकर्स कम्युनिटीले जानकारी दिएको छ । साथै दहचोक, खहरे र श्रृजनाचोक क्षेत्र तिरकोे लागि indreni pharmacy – 9851197765  श्रृजनाचोक, 9813195222  दहचोक (एक राज गिरी) मार्फत टिकट उपलब्ध हुने छ । स्वस्थ मुस्कानको लागि पैदल यात्रा–२०८० नाम दिइएको हाइकिङ शनिबार विहान ६ बजेदेखि सुरु हुने छ । चन्द्रागिरि १ को घट्टेडाँडाको टनेल रेष्टुरेन्टबाट सुरु भई मयलपानी, तीनपोखरी, विन्धवासीनी मन्दिरलगायतको रुट बनाइ इन्द्रस्थानमा पुगि हाइकिङ समापन हुनेछ । लगभग १५ किलोमिटरको पैदल यात्रामा सहभागिताका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । यसैबीच, चन्द्रागिरि नगरपालिका वडा नम्वर १ का स्थायी वासिन्दा वरिष्ठ कलाकार दिपकराज गिरीले हाइकिङमा सहभागी हुन सम्पूर्णमा आव्हान गरेका छन् । साथै कलाकार सन्दीप क्षेत्रीले पनि हाइकिङमा आफ्नो पनि सहभागिता रहने भन्दै स्वस्थ मुस्कानको लागि पैदल यात्रा–२०८० मा सहभागी हुन आव्हान गरेका छन् ।

https://fb.watch/pbQFyw6Yj-/

 

चन्द्रागिरि नगरपालिका १ को आयोजनामा र चन्द्रागिरि हाइकर्स कम्युनिटीको सहकार्यमा पर्यटन प्रवर्धन गर्ने र इन्द्रदह,कालु पाँडे समाधी स्थल , झिङटी घर, मयलपानी, तीनपोखरी, विन्धवासीनी मन्दिर लगायतका स्थानको परिचय उजागर गर्ने उद्देश्यले हाइकिङ आयोजना हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय