काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक कर्मचारीबीच बौद्धिक प्रतियोगिता भएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका अन्तरगत रहेका १५ वटै वडाका कर्मचारीबीच हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाँले कर्मचारीको प्रत्यक्ष सम्बन्ध जनतासँग रहेको हुनाले दक्ष कर्मचारीबाट जनताप्रतिको जिम्मेवारी बोध गराउन मद्दत पुग्ने बताउनु भयो । उहाँले जनतालाई सरकारसँग प्रत्यक्ष जोड्ने माध्यम नै कर्मचारी भएकोले सक्षम कर्मचारीले जनताको आत्मबल उच्च बनाउने दाबी गर्नुभयो । प्रमुख अर्यालले कर्मचारी र सरकारको सम्बन्ध पनि नङ र मासुको जस्तै अभिन्न रहेकोले संविधान र नगरको कानूनको सीमामा रहेर कर्मचारीले काम गर्नुपर्ने हुँदा उनीहरुको क्षमता विकासले नगरलाई फाईदा नै पुग्ने बताउनु भयो । उहाँले प्रशासनिक क्षमता, विवेक, बुद्धि वा दक्षता प्रयोग गरी सामथ्र्यवान जिम्मेवार तहको कर्मचारीले सरकारलाई पनि बाटो देखाउनको लागि कर्मचारी सबै विषयमा सक्षम हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अर्यालले नगरमा सुशासन कायम गर्नमा कर्मचारी वर्गको वैयक्तिक गुण वा क्षमताले सर्वाधिक भूमिका खेल्ने हुँदा सुशासन कायम गर्नेतर्फको प्रथम पाइला वैयक्तिकरूपमा प्रत्येक कर्मचारीबाटै चालिनुपर्ने हुनाले समष्टिगतरूपमा कर्मचारी वर्गकै प्रशासकीय क्षमता अभिबृद्धि आवश्यक रहेकोले नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कर्मचारीहरुको बौद्धिकतालाई निखारता ल्याउन खोजिएको बताउनु भयो । उहाँले यस्तो प्रकारको कार्यक्रमले कर्मचारीमा अध्ययनशीलताको विकास हुने, कर्मचारीलाई कानूनका विषयमा जानकारी हुने, नगरको कामकारवाहीमा थप प्रभावकारीता बढ्नेमा आफु विश्वस्त रहेको पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाको संयोजनमा प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा दश टिमको सहभागीता रहेको र एउटा टिममा तीन जना गरी तीस जना कर्मचारीले भाग लिएका थिए । उनीहरुलाई नेपालको संविधान, निजामती सेवा ऐन, स्थानीय सरकार ऐन, चन्द्रागिरि नगरपालिकाको कानून, सामान्य ज्ञानलगायतका विषयमा आधारित प्रश्नहरु सोधिएको थियो । टिमको छनोट गोलाप्रथाबाट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय