काठमाडौं । बागमती प्रदेश सरकारअन्तरगत रहेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले शहीद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) थानकोट संरक्षणको विषयमा चासो देखाएको छ ।

उद्योग पर्यटन तथा वातावरण समिति, बागमती प्रदेश सभामा फागुन १६ गते बसेको सभाको १२औं बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि शहीद स्मारक प्रकृति प्रतिष्ठानलाई पत्र काटेको छ । मन्त्रालयले प्रतिष्ठानले गर्दैआएको कामको विषयमा दश दिनभित्र जानकारी गराउन पनि आग्रह गरेको छ । मन्त्रालयले प्रतिष्ठानको नाममा काटेको पत्रमा त्रिभुवन पार्क, थानकोट भित्रको बहुमूल्य बोटविरुवा, जग्गा, स्थिर सम्पत्ति संरक्षण गर्न, अवैध रुपमा निर्णय भएको घरटहरा तत्काल हटाउन, शहीद स्मारक प्रकृति प्रतिष्ठान र विभिन्न फर्म÷कम्पनीबीच भएको लिज र कथित सम्झौताहरुको कार्यान्वयन तत्काल खारेज गर्न भनिएको छ । यही प्रतिष्ठानले निर्णयको अवज्ञा गरेमा कानून बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको छ ।

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि आवश्यक सहयोग तथा समन्वयनका लागि उद्योग पर्यटन तथा वातावरण समिति, बागमती प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश सभा हेटौंडा, महानगरीय प्रहरी परिसर टेकु, डिभिजन वन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरकार्यपालिकाको कार्यालय बलम्बुलाई बोधार्थ पठाएको छ ।

OUR NEWS CREW ले त्रिभुवन पार्क लथालिंग भएको भन्दै पटक पटक समाचार प्रशारण गर्दै आइरहेको छ । हामीले पार्क पहिलेकै अवस्थामा वा पार्कको स्तरोन्नती हुनुपर्छ भन्दै समाचार लेखेपछि सम्बन्धित निकायको ध्यानाकर्षण हुन पुगेको थियो । बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले २०८० मंसिर ६ गते त्रिभुवन पार्कको स्थलगत अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय