काठमाडौं । चन्द्रागिरि नगरपालिकामा खेलकुद विकास र युवा प्रतिभाको प्रवर्द्धनका लागि चन्द्रागिरि क्रिकेट एशोसिएसनले नियमित क्रिकेट प्रशिक्षण सुरु गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरको खेलकुद क्षेत्रलाई स्थानीय निकायले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । उहाँले नगरभित्रका बालबालिका र युवाहरूलाई खेलमार्फत अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न खेलकुद महत्वपूर्ण भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले नगरमा खेलकुद संरचनाको विकासका लागि सबै पक्ष एक भएर लाग्नु बताउनु भयो ।

चन्द्रागिरि क्रिकेट एशोसिएसनले प्रारम्भिक चरणमा ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी नियमित दक्ष प्रशिक्षकद्वारा तालिकाअनुसार प्रशिक्षण दिइने जनाएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित थानकोटको कभर्ड हलमा भएको कार्यक्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल क्षेत्र नं. १० का सभापति ईश्वर लामा, चन्द्रागिरि क्रिकेट एशोसिएसनका पदाधिकारी, प्रशिक्षक, खेलाडी, अभिभावक, स्थानीय, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

युवामा खेलप्रति रुचि जगाउने उद्देश्य

चन्द्रागिरि क्रिकेट एशोसिएशनले नगरका युवामा क्रिकेटप्रतिको आकर्षण बढाउन, प्रतिभाशाली खेलाडीको पहिचान गर्न तथा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको हो।कार्यक्रमको अन्त्यमा एशोसिएशनका प्रतिनिधिहरूले सबै सरोकारवाला पक्षहरूलाई प्रशिक्षणको प्रवाहलाई निरन्तरता दिन सहकार्यका लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय