काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आ. ब. २०८० ८१को प्रथम चौमासिक कार्य सम्पादन सम्बन्धी सार्वजनीक सुनुवाइ गरेको छ ।
नगर प्रागणमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्यालले नगरपालिकाको नगर सभाबाट आ. ब. २०८० /८१ का लागि पारित २ अर्ब ४४ करोड ३७ लाख बजेट मध्य प्रथम चौमासिकमा ९५ करोड १६ लाख ५२ हजार आम्दानी गरेको छ जस मध्य १२ करोड आन्तरिक आम्दानी भएको र ४१ करोड ९२ लाख ०५ हजार खर्च भएको जानकारी दिनु भयो । नगरपालिकाले यो चौमासिकमा खेलकुद क्षेत्रमा बिबिध कार्य सम्पादन गरेको बताए । अन्तर नगरपालिका क्रस कन्टी दौड ,नैकाप र मातातीर्थ गोल्डकपको आयोजना, सफलतापूर्वक सम्पन्न गरेको बताउनु भयो । ५ हजार १ सय २६ जनालाइ सामाजीक सुरक्षा भत्ता वितरण ,२४ नगर प्रहरी छनोट गरिसकेको र छिट्टै कार्यक्षेत्रमा पठाइने जानकारी दिनुभयो । नगरले यो चौमासिकमा सडक बत्ती जडान, सिसिटिभि जडान र फ्रि वाइफाइ जडान गरेको पनि जानकारी दिनुभयो ।



सामुदायिक बिद्यालयका प्रश्नपत्र तयारी अनुसारको परिक्षा संचालन ,जेष्ठ नागरिकलाइ औषधी बितरण स्वास्थ्य शिविर संचालन लगाएतका कार्य सम्पादन गरिएको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइमा नगर प्रमुख घनश्याम गिरी , उपप्रमुख बसन्ती श्रेष्ठ,नगर प्रवत्ता कृष्णप्रसाद खडगी ,वडा अध्यक्षहरु ,सरोकारवाला निकाय,संघसंस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिती रहेको छ ।उपस्थीतहरुले नगरपालिकाले दिएको सेवा प्रवाहको विषयमा प्रश्न गरेका थिए ।



