चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी नियुक्ति प्रकृया सम्पन्न भएको छ। विहिबार नगर प्रमुख घनश्याम गिरीको उपस्थितिमा नव नियुक्त नगर प्रहरीहरुलाई नियुक्ति पत्र प्रदान गरिएको छ।




अबको केही दिनमै नगर प्रहरीहरुलाई आवस्यक तालिम प्रदान गरि सेवामा खटाइने छ। प्रारम्भिक स्वास्थ्य परिक्षण, शारीरिक तन्दुरुस्ती मूल्याकंन परिक्षा, लिखित परिक्षा, बिस्तृत स्वास्थ्य परिक्षण र अन्तर्वार्ता गरि ५ चरणमा छनौट प्रकृया संचालन भएको थियो।

सम्पूर्ण परिक्षा सफलता पुर्बक पार गरि नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान खुल्ला तर्फ १५ जना र नगर प्रहरी जवान महिला तर्फ ८ जना गरि २४ जना उम्मेदवार छनौट हुभएकाछन्।



