चन्द्रागिरि नगरपालिकाद्वारा नगरपालिका भित्रका मुख्य सडक तथा चोकहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु गरेको छ । सी सी टि भी क्यामरा जडान कार्र्य पहिलो चरणमा दशैं अगाडीनै २०० थान जडान गरिने नगरपालीकाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाले नगरपालिका भित्रका मुख्य सडक, चोक तथा अन्य सार्वजनिक स्थानहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु गरेको हो। नगरपालिकाले यस अघि नै कलंकी नागढुंगा पिपलामोड सडक खण्डमा अत्याधुनिक प्रविधिको सी सी टि भी जडान गरिसकेको छ। नगरपालिकाद्वारा विनियोजित बजेटबाट टेण्डर प्रकृया सम्पन्न भए लगत्तै फाइबर बिच्छाउने काम सकेर सी सी टि भी जडान कार्य शुरु भएको हो।

पहिलो चरणमा आउँदै गरेको नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै विभिन्न वडाका मुख्य सडक तथा चोकहरुमा २०० थान सी सी टि भी जडान गरिने जनाकारी दिएको छ । यो संगै चरणबद्ध रुपमा नगरको विभिन्न स्थानहरुमा पनि सी सी टि भी जडान गर्ने कुरा नगर प्रमुखले नगरपालिकामा आयोजित सुरक्षा सम्बन्धि बैठकमा बताएका हुन।

उक्त बैठकमा नगर प्रमुखले नगरपालिकाले उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत यसै आर्थिक वर्षमा थप सडक बत्तिहरु पनि जडान गर्ने कुराको जानकारी समेत गराएकाछन् । नगर प्रमुखले उक्त बैठकमा उपस्थित नगरपालिका भित्रका नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ तथा ट्राफिक प्रहरीका प्रतिनिधिहरुलाई आउदै गरेको चाडपर्बमा नगरबासीको सुरक्षाको लागि विषेश कदम लिन निर्देशन समेत दिएकाछन् । उक्त सुरक्षा ब्यबस्थापन सम्बन्धि बैठकमा नगर उपप्रमुख, नगर प्रबक्ताज्यु, प्रमुख प्रशासकीय अधिकृतका साथै विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय