चन्द्रागिरि नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका १४ प्रतिष्ठित महिलालाई सम्मानित गरेको छ। अधिकार, समानता र सशक्तीकरण भन्ने राष्ट्रिय नारासहित महिला दिवस मनाइएको थियो। नगरपालिकाले समाजसेवा, महिला अधिकार, शैक्षिक सफलता र सरकारी सेवामा उल्लेखनीय योगदान पुर्याउने महिलालाई सम्मान दिने कार्यक्रम आयोजना गरेको थियो। ५ विभिन्न विधामा आवेदन मागिएको थियो र १९ जना महिलाले आवेदन दिएका थिए। निर्धारित सीमामा परेका १४ महिलालाई सम्मान प्रदान गरिएको हो।

समाजसेवामा योगदान पुर्याउने महिलामा:

बागमती प्रदेश सांसद यमुना देवी श्रेष्ठ
रुकुमिणि गिरी
शारदा खतिवडा
महिला अधिकार क्षेत्रमा योगदान पुर्याउने महिलामा:

शान्ति महर्जन
दुर्गा तिमिल्सिना
विद्यावारिधि हासिल महिलामा:

डा. मिनु सिग्देल लोहनी
डा. सुनिता थापा
सरकारी सेवामा उप सचिव वा सोभन्दा माथिल्लो पदमा कार्यरत महिलामा:

अन्जु कार्की रायमाझी ९महासेनानी, नेपाली सेना
उद्यमीरव्यवसायी महिलामा:

कृष्ण प्रभा जोशी
मीना गोपाली
पार्वती कार्की
इन्द्रमाया महर्जन
रक्षिता न्यौपाने
दीना श्रेष्ठ
यस कार्यक्रमले चन्द्रागिरि नगरपालिकाको महिला सशक्तीकरण र समानता सुनिश्चित गर्ने प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। महिलाहरूको योगदान र संघर्षलाई सम्मान गर्दै, नगरपालिका आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने लक्ष्य राख्दै छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय