काठमाडौं । चन्द्रागिरि नगरपालिकाले निकासा तथा भुक्तानीको लागि असार १५ गते सम्मको समयसिमा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्यालले सुचना जारि गर्दे आर्थीक वर्ष २०८० ८१ को सम्पुर्ण कारोवारको निकासा तथा भुक्तानी बन्द गरि हिसाब मिलान गर्नुपर्ने भएको भन्दै २०८१ आसार १५ गते भित्र आर्थीक प्रशासन शाखामा दर्ता गरि योजना तथा कार्यक्रमको निकासा भुक्तानी लिन सरोकारवाहरु लक्षित सुचना जारि गरेका हुन । आर्थीक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली ,२०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थीक कारोबारको निकास तथा भुत्तानी बन्द गरि आसार १५ गते भित्र हिसाब मिलान गर्नुपर्ने छ ।



नगरपालिकाले चालु आर्थीक बर्ष २०८० ८१मा निकासा तथा भुक्तानी लिने सम्पुर्ण व्यक्ति,निर्माण व्यवसायी,आपुर्तिकर्ता,उपभोक्ता समिति,परामर्शदाता,पदाधिकारी,कर्मचारी,सामुदायिक बिद्यालय,स्वास्थ्य संस्था, लगायत सम्पुर्ण सरोकारवालालाई निकासा तथा भुक्तानी लिन पुरा गर्नुपर्ने आवश्यक रित प्रक्रिया पुरा गरि सम्पुर्ण कागजात सहित आसार १५ सम्ममा आर्थीक प्रशासन शाखामा दर्ता गरि योजना तथा कार्यक्रमको निकासा भूक्तानी लिन अनुरोध गरेको हो । तोकियको समयभित्र निकासा भुक्तानीकाको लागि आर्थीक प्रशासन शाखामा रितपुर्बक कागजात पेश नभएर भुत्तानी नभएमा सरोकारवाला स्वयं जिम्बेवार हुने समेत सुचनामा उल्लेख छ ।



