काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सम्पादित योजना, कार्यक्रम तथा सेवा प्रभावसम्बन्धी सार्वजनिक सुनुवाई गर्न लागेको हो । ट्रान्सपरेन्सी इन्टर नेशनलको सहकार्यमा नगरपालिकाले सार्वजनिक सुनुवाई गर्न लागेको नगरपालिकाका सूचना अधिकारी तथा सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठले जानकारी दिनुभयो ।



नगरपालिकाको प्रशासकीय भवनको प्राङ्गणमा पुस २७ गते शुक्रबार विहान ११ बजेदेखि हुने सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि, नगरबासी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, उपभोक्ता समितिका सदस्य, टोलसुधार समितिका पदाधिकारी, गैरसरकारी निकायका प्रदाधिकारी, नागरिक समाजलगायतको सहभागिता हुने नगरपालिकाले जनाएको छ ।




