काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका नागरिकलाई रोजगारमा संलग्न गराउने भएको छ ।

स्वरोजगारमा संलग्न नभएका बेरोजगार नागरिकले न्यूनतम रोजगारमा संलग्न हुन, चन्द्रागिरि नगरपालिकाले निबेदन माग गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ को लागि न्यूनतम रोजगारमा संलग्न हुन चाहने १८ वर्ष देखि ५९ वर्ष सम्मका नागरिकले न्यूनतम रोजगारमा संलग्न हुनका लागि निबेदन दिन सक्ने छन् । न्यूनतम रोजगारमा संलग्न हुन निबेदनका लागि नागरिकताको प्रमाणपत्रकोे प्रतिलिपि, पासपोर्ट साइजको फोटो,स्थायी बसोवास नभएकाको हकमा बसाईसराई वा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि चाहिने नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले बताउनुभयो ।

२०८० फागुन महिना भरिमा आफु स्थायी बसोबास गरेको वडा कार्यालयमा सूचिकृत हुन निबेदन पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय