काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सोमबार बजेट ल्याउँदै छ । नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याउन लागेको हो ।
नगरपालिकाले २ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याउने भएको छ । कुल बजेटको १ अर्ब १५ करोड रुपैयाँ भने घाटा बजेट हुनेछ । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकालाई पूर्णरुपमा डिजिटल प्रविधिमा लैजान खोजिएकोले सोही अनुरुप बजेट आउने बताउनु भयो ।






