काठमाडौं । चन्द्रागिरि नगरपालिकाले व्याज अनुदान उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले कृषि, पशु लगायत अन्य उत्पादन तथा रोजगारमुलक उद्योग-व्यवसायलाई ब्याज अनुदान उपलब्ध गराउने भएको हो । नगरपालिकाको आर्थीक बर्ष २०८०।८१ को स्वीकृत कार्यक्रम कृषि ,पशु, अन्य व्यवसाय लगायत उत्पादन तथा रोजगार मुलक कार्यमा ब्याज अनुदान शिर्षकबाट चन्द्रागिरि नगरपालिकाको उत्पादन,रोजगार तथा व्यवसाय प्रवद्र्धन गर्न वित्तिय संस्थाहरुको समन्वयनमा दिईने विशेष व्याज अनुदान कार्यविधि, २०७९ को अनुसुचि १ अन्तर्गत व्याजमा अनुदान दिन लागेको हो । कार्यविधि अन्तर्गत चन्द्रागिरि नगरक्षेत्रमा रहेको कृषि विकास बैक गुर्जुधारा शाखा मार्फत प्रवाह हुने कर्जामा व्याज रकम अनुदान दिने नगरपालिकाको कार्यक्रम छ ।

अनुदानका लागि कृषक ,उद्योगी –व्यवसायी लगायत सरोकारवाला पक्षलाइ नगरपालिकामा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय