काठमाडौं । निरन्तर रुपमा राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादन गर्न सफल चन्द्रागिरि वडा नं १३ मा अवस्थित न्यू डायमण्ड स्पोर्ट्स क्लबको महिला भलिबल टोलीलाई चन्द्रागिरि नगरपालिकाले प्रायोजन गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकको निर्णय अनुसार यस आ. व. ८०÷८१ मा न्यू डायमण्ड महिला भलिबल टोलीले सम्पूर्ण जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिम’ को नाम सहित सहभागिता जनाउने र उक्त प्रतियोगितामा खेलाडीहरुको लागि आवस्यक खेलकुद सामग्री र अन्य सम्पूर्ण ब्यबस्थापन चन्द्रागिरि नगरपालिकाले गर्नेछ ।

भर्खरै हेटौडामा सम्पन्न केशवलाल स्मृति कप महिला भलिवल प्रतियोगिता २०८० मा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीले सहभागिता जनाई उप विजेता हुन सफल भएको थियो । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नगरपालिकामा एक कार्यक्रमका बीच सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबको तर्फबाट मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक दिनेश श्रेष्ठ तथा ब्यबस्थापक किरण कार्कीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरिरहेको उक्त टोलीलाई नगरपालिकाले आगामी आर्थिक वर्षहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले अन्य खेलकुद विधामा पनि विषेश चासो राखी नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिकाले विशेष पहल गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय