चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण हुने भएको छ। साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिंग स्टेशनको निर्माण गर्न प्रारम्भिक सर्वेक्षण तथा नेपाल विद्युत प्राधिकरण संगको समन्वय गर्ने कार्य अघि बढेको छ।



बुधबार नगर प्रमुख घनश्याम गिरी तथा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षित र महाप्रबन्धक महेन्द्र राज पाण्डेय सिहतकाे टोलि द्वारा एक बैठक पश्चात् स्थलगत निरीक्षण कार्य पनि सम्पन्न गरेको छ। निरीक्षणको क्रममा नगर प्रमुखले लामो तथा छोटो दुरिको सार्वजनिक यातायात तथा निजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने कुरा जानकारी गराउनु भयो।
नेपाल विद्युत प्राधिकरणले आवस्यक ट्रान्सर्फमर जडान गरे लगत्तै निर्माण कार्य शुरु हुने कुरा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितज्युले बताउनु भयो।



