काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आजबाट चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नगर प्रमुख घनश्याम गिरीले नैकापस्थित नैकाप फुटबल मैदानमा विशेष कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३७ विद्यालयका १ हजार ३ सय ९२ जना विद्यार्थीले सहभागिता रहेको छ । प्रतियोगितामा ८ सय १८ छात्र तथा ५ सय ८४ जना छात्रा सहभागी भएका छन् । प्रतियोगता अन्तर्रगतको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, सतुगंलस्थित एआई स्कुलमा कबड्डी र मार्सल आर्टस् विधाका खेलहरू र नैकाप फुटबल मैदानमा ट्य्राक एण्ड फिल्डका खेलहरू हुनेछ । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ । प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने छ । ३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा बिभिन्न बिद्यालयका बिद्यार्थीले मार्चपास गरेका थिए ।



प्रतियोगिता मंसिर २२ गते सम्पन्न हुनेछ ।



