काठमाडौं । चन्द्रागिरि वामपन्थी एकता मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटस्थित साझाघरमा रक्तदानको कार्यक्रम आयोजना गरेको हो ।

विहान ९ बजेदेखि २ बजेसम्म भएको कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम संचालन गरिनुका साथै रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, चन्द्रागिरि नगर कमिटीका अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

चन्द्रागिरि वामपन्थी एकता मंचले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय