काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि साकोसले लघु उद्यमी मेला आयोजना गरेको छ ।

चन्द्रागिरि साकोसकोे ओमन्स क्रियसन सेवाकेन्द्र अन्तर्गत रहेको ओमन्स क्रियशन उद्यमी महिला समूहद्वारा लघुउद्यमी मेला आयोजना गरेको हो । साकोसको बुढानिलकण्ठ–६ गणेश चोकमा रहेको सेवाकेन्द्रको प्राङ्गणमा मेला आयोजना भएको हो । संस्थाका महिला सदस्यहरुले गरेको बस्तु उत्पादन,प्रदर्शनी र बजारीकरण मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको साकोसले जानकारी दिएको छ । महिला सदस्यहरुलाई रोजगारीको लागि उत्साह,सिप मुलक कार्यमा प्रोत्साहन गर्नको लागि मेला आयोजना गरिएको साकोसकी कनिष्ठ सहायक कञ्चन थापाले जानकारी दिइन । २० हजार भन्दा बढी सक्रिय सदस्य रहेको चन्द्रागिरि साकोसमा झण्डै १३ हजारको हाराहारीमा महिला सदस्य रहेका छन । साकोसले मेलाको आयोजनाकका साथै सदस्यहरुको सीपको डाटाबेस समेत राखेको छ । साकोसले मुख्य कार्यालय चन्द्रागिरि ,दहचोक सेवाकेन्द्र ललितपुरको शुभतारा सेवाकेन्द्र र पाटन सेवाकेन्द्रमा मा पनि हरेक महिनाको अन्तिम शनिवार यस्तै मेला आयोजना गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय