काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० ले स्थानीय युवाहरूलाई लक्षित गर्दै बारिस्टा (कफी बनाउने) तालिम सञ्चालन गर्ने भएको छ । वडा कार्यालयको सहकार्यमा युवांस हस्पिटालिटी ट्रेड्स सेन्टरद्वारा १० दिने तालिम आयोजना गर्न लागिएको हो ।

यसअघि प्रकाशित सूचनाअनुसार तालिमका लागि निवेदन दिएका आवेदकहरूलाई तालिममा सहभागी गराउन आवश्यक तयारी पूरा भएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले सहभागीहरूले आफूलाई उपर्युक्त पर्ने समय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । तालिमका लागि दुई फरक समय निर्धारण गरिएको छ । पहिलो समूह बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो समूह बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिनेछ ।

तालिम सतुंगल स्वास्थ्य चौकीको सभा हलमा सञ्चालन हुनेछ । सहभागीहरूले आफ्नो नाम दर्ता तथा समय छनोटका लागि असोज ५ गतेभित्र सम्बन्धित प्रतिनिधिहरूसँग सम्पर्क गर्नुपर्नेछ ।

स्थानीय युवाहरूको सीप विकास र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । तालिम मिति २०८३ साल असोज ६ गतेदेखि सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय