काठमाडौं । चन्द्रागिरि नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बैतडी पुर्चौडी नगरपालिका–६ स्थाई घर भएकी अमिला माथी प्रहरी हुँ भन्दै ठगी गरेको अभियोग छ । साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय