काठमाडौं । स्वस्थ मुस्कानको लागि पैदलयात्रा–२०८० नामक पैदल यात्रा सुरु भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १ को आयोजना र चन्द्रागिरि हाइकर्स कम्युनिटि (सिएचसी) को सहकार्यमा भएको हाइकिङमा करिव ६ सय जनाले सहभागिता जनाएका छन् । चन्द्रागिरि नगरपालिका–१ घट्टेडाँडामा नगर प्रमुख घनश्याम गिरिले उद्घाटन गरिएको हाइकिङले करिव १५ किलोमिटर पैदल यात्रा गर्नेछ ।





खहरे, झिंगटी घर, मयलपानी, तीनपोखरी, विन्द्यवासिनी मन्दिर, स्वीजरल्याण्ड पार्क, धैरेनी डाँडा, झाँगाझिटी, फरेस्ट क्याम्प हुँदै कालु पाँडे समाधिस्थलमा यात्रा टुंगिने आयोजक सिएचसीले जानकारी दिएको छ ।
स्थानीय क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि पैदल यात्राको आयोजना गरिएको वडा नं. १ का अध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो । पैदल यात्रा सहजीकरणका लागिसशस्त्र प्रहरी, स्वयम् सेवक परिचालन भएका छन् ।



